देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एक सय विकेट पूरा गरी सन्दीप बने विश्व कीर्तिमानी खेलाडी

देशान्तर

काठमाडौं । एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा एक सय विकेट पूरा गरी विश्व कीर्तिमानी खेलाडीमा सन्दीप लामिछाने आफुलाई चिनाउन सफल भएका छन् ।

नेपालका स्पिनर लामिछानेले एकदिवसीय अन्तराष्ट्रिय(ओडिआई) क्रिकेटमा एक सय विकेट पूरा गरेका छन् ।

यस अघि एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक कम खेलमा एक सय विकेट लिने कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा रहेको थियो ।

एसीसी प्रिमियर कपमा ओमानविरुद्धको खेलमा विकेट लिएसँगै सन्दीपले एक सय विकेट पूरा गरेका हुन् ।

सन्दीपले एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने विश्व कीर्तिमान समेत आफ्नो नाम गरेका छन् ।

खानले ४४ एकदिवसीय अन्तराष्ट्रिय खेलमा एक सय विकेट पूरा गरेका थिए ।

२०१८ मा खानले बनाएको उक्त कीर्तिमान तोड्दै सन्दीपले आफुले खेलेको ४२ एकदिवसीय अन्तराष्ट्रियमा एक सय विकेट पूरा गरेका छन् ।

सन्दीपले दोस्रो स्थानमा झारेका खानपछि अष्ट्रेलियाका मिचेल स्टार्क तेस्रो स्थानमा रहेका छन् ।

स्टार्कले ५२ एकदिवसीय अन्तराष्ट्रिय खेलमा एक सय विकेट पूरा गरेका थिए ।

सन्दीप नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक विकेट लिने खेलाडी हुन् ।

सन्दीप पछि नेपालबाट एकदिवसीय अन्तराष्ट्रिय खेलमा सर्वाधिक विकेट सोमपाल कामीले लिएका छन् । सोमपालले ४४ खेलमा ६१ विकेट लिएका छन् ।

सन्दीपले २०१८ अगस्ट १ का दिन खेलिएको नेपालको पहिलो ओडिआई खेलमा डेब्यु गरेका थिए । सन्दीपले नेपालको लागि १४ ओडिआई खेलमा कप्तानी गरेका छन् ।

सन्दीपले टी–ट्वान्टी अन्तराष्ट्रियमा ४३ खेलमा ८५ विकेट लिएका छन् ।