देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतीयका मुख्यमन्त्री योगीले जैविक इन्धनमुक्त गर्ने घोषणा, उत्पादन गर्ने कम्पनीलाई ५ वर्ष कर नलाग्न

देशान्तर

एजेन्सी । राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सन् २०३० भित्रै सरकारी प्रयोजनका सवारी साधन जैविक इन्धनमुक्त गर्ने घोषणा गर्नुभएको छ ।

भारतमै सबै भन्दा बढी जनसंख्या भएको राज्य उत्तर प्रदेशले सन् २०३० सम्ममा सरकारी प्रयोजनका सबै सवारी साधनहरुलाई विद्युतीय सवारीबाट प्रतिस्थापन गर्ने भएको छ ।

मुख्यमन्त्री योगी आदित्यनाथले सन् २०३० भित्रै सरकारी प्रयोजनका सवारी साधन जैविक इन्धनमुक्त गर्ने घोषणा गर्नुभएको हो ।

उत्तर प्रदेश सरकारले यस अघि नै विद्युतीय सवारी साधनका लागि सडक दस्तुर र दर्ता दस्तुर लगायतका सबै खाले दस्तुरहरु मिनाहा गरिसकेको छ ।

त्यस्तै, उत्तर प्रदेशका कारखाना खोलेर विद्युतीय सवारी साधन उत्पादन गर्ने कम्पनीहरुलाई पनि ५ वर्षसम्म कुनै पनि कर नलाग्ने घोषणा गरिएको हो ।

यस्तो कर छुट दुई पांग्रे, तीन पांग्रे र चार पांग्रे सवारी साधनका साथै उच्च क्षमताका विद्युतीय सवारी साधन तथा सवारी साधनका पाटपूर्जा निर्माताहरुलाई पनि उपलब्ध हुने जनाइएको छ ।