काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद बिना जैसवालले संसद बैठकमा गायत्री मन्त्र सुनाउनुभएको छ।
आज प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसद जैसवाल गायत्री मन्त्र सुनाउनुभएको हो ।
उहाँले सबै सांसदहरुको ध्यानाकर्षण गराउँदै गायत्री मन्त्र वाचन गर्नुभएको हो ।
उहाँले गायत्री मन्त्र संसदमा पनि जप्नुपर्ने धारणा राख्नुभयो । ‘भ्रष्टाचार कम होस् भने यस मन्त्रको जपन यसै सदनमा हुनुपर्छ’ उहाँले भन्नुभयो ।
सांसद जैसवालले आफू सबै धर्म एउटै हो भन्नेमा दृढ विश्वास राख्ने भन्दै उहाँले तर आफ्नो धर्ममा गर्व गर्ने पनि बताउनुभयो ।
धर्ममा भेद नरहेको, मान्छेको मनमा भेद रहेको उल्लेख गर्दै उहाँले नेपालमा सर्वधर्म समभाव रहेको बताउनुभयो ।
प्रतिक्रिया