काठमाडौं । भोली काठमाडौंमा रहेको मुलपानी क्रिकेट मैदानमा पहिलो अन्तराष्ट्रिय खेल हुँदैछ ।
भोलीबाट नेपालमा सुरु हुन लागेको एसीसी प्रिमियर कप अन्तर्गतको पहिलो दिन हङकङ र सिंगापुरबीचको खेल मुलपानी मैदानमा हुँदैछ ।
यो खेलका साथै प्रतियोगिताका अन्य १० खेल समेत मुलपानीमा हुनेछ ।
हङकङ र सिंगापुरबीचको खेल मुलपानी मैदानमा पहिलो अन्तराष्ट्रिय खेल हुनेछ ।
विभिन्न घरेलु प्रतियोगिताको आयोजना हुदै आएको मुलपानी मैदानमा पहिलो पटक अन्तराष्ट्रिय खेलको आयोजना हुन लागेको हो ।
मुलपानी मैदानमा बैशाख ६ गते ओमान र कतार खेल हुँदा बैशाख ७ गते मलेसिया र साउदी अरबियाबीच खेल हुनेछ।
मुलपानीमा हुने प्रतियोगिताको चौथो खेलमा बैशाख ८ गते युएई र हङकङबीच खेल रहेको छ । बैशाख ९ गते कुवेत र बहराईन तथा १० गते ओमान र मलेसियाबीच मुलपानी मैदानमा खेल हुनेछ ।
बैशाख ११ गते नेपाल र साउदी अरेवियाबीचको खेल मुलपानी मैदानमा रहेको छ । कतार र मलेसिया बैशाख १२ मा मुलपानीमा खेल्दा बैशाख १३ गते युएई र बहराईन खेल्ने छन् ।
बैशाख १४ गते हङकङ र कुवेतकाबीचमा समूह चरणको अन्तिम खेल मुलपानी मैदानमा रहेको छ । बैशाख १६ मा मुलपानी मैदानमा एउटा सेमिफइनलको खेल समेत रहेको छ ।
वैशाख १८ गतेसम्म संचालन हुने यस प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल संचालन भईरहेको छ ।
कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ । प्रतियोगिताको १३ खेल टियुमा तथा ११ खेल मुलपानीमा आयोजना हुनेछ ।
यस प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहने छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ए मा आयोजक नेपाल सहित मलेसिया, साउदी अरेविया, कतार र ओमान रहेका छन् । समूह बी मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् ।
हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल खेल्ने छन् । सेमिफाइनलका विजेता राष्ट्रले फाइनल खेल्ने छन् ।
फाइनलको विजेता टोली एसीया कपका लागि छनोट हुनेछ । एसीया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।
यस्तै शीर्ष तीनमा रहने टोली एसिया इमर्जिङ कपका लागि छनोट हुनेछ । एसिया इमर्जिङ कप आगामी जुलाईमा हुनेछ ।
प्रतिक्रिया