देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बालकोटमा ढल खन्ने क्रममा पुरिएका दुई मजदुरमध्ये एककाे मृत्यु

देशान्तर

भक्तपुर -भक्तपुरको बालकोटमा ढल खन्ने क्रममा पुरिएका दुईजना मजदुर मध्ये एक जनाको मृत्यु भएको छ ।सूर्यविनायक नपा–२ बालकोट रागिनी हाइटमा कौशलटारबाट सिरुटार जाने सडकको २० मिटर भित्रको बस्तीमा नयाँ ढलको विस्तारको क्रममा ढिस्कोले दुईजना पुरिएका हुन् ।

पुरिएका दुई मध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । सुनसरीको गढी गाउँपालिका–२ स्थायी घर भई बालकोट बस्दै आएका २२ वर्षीय नितेश सदाको मृत्यु भएको हो। सोही ठेगाना भएका ३० वर्षीय सियाराम सदाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

भक्तपुरको बालकोटमा नयाँ ढल विस्तारको काम भइरहेको अवस्थामा एक्कासी माटोको ढिस्को खस्दा सोही स्थानमा काम गरिरहेका दुई जना कामदार पुरिएका छन् । घटनास्थल वृत्त ठिमीबाट ४ किलोमिटर दक्षिण पश्चिममा पर्छ । घटनाबारे विस्तृत विवरण आउन बाँंकी नै छ ।