काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले नेपाली कांग्रेस इमानदार भए उपनिर्वाचनपछि मधेश प्रदेशमा मुख्यमन्त्री परिवर्तन हुने बताउनुभएको छ ।
आज सामाजिक सञ्जालमार्फत स्टाटस लेख्दै यीतो बताउनुभएको हो ।
अध्यक्ष राउतले ०७९ चैत १५ गतेको माओवादी केन्द्र, कांग्रेस र जनमतको सहमतिप्रति कांग्रेस इमानदार रहने हो भने उपनिर्वाचन पछि मधेशमा जनमतको मुख्यमन्त्री बन्ने बतायनुभयो ।
जनमत पार्टी अहिले केन्द्रीय गठबन्धनबाट पनि टाढिएको छ । जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका अब्दुल खानले राजीनामा दिइसकेका छन् ।
प्रतिक्रिया