देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रिय परिचयपत्र अमान्य भन्दै रास्वपाका उपसभापतिलाई विमानस्थलबाट फर्काइयो

देशान्तर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोरप्रसाद (डीपी) अर्याललाई राष्ट्रिय परिचय पत्र मान्य नहुने बताउँदै नेपाल वायुसेवा निगमले भारत उडान गर्नबाट रोकेको छ ।

अर्याल दिउँसो १ बजेर ४५ मिनेटको निगमको उडानबाट भारतको बैंग्लोर जाने तयारीमा थिए ।

बायोमेट्रिकसहितको विवरण भएको राष्ट्रिय परिचय पत्रलाई मान्यता दिन अस्वीकार गरेकोमा उपसभापति अर्यालले आश्चर्य व्यक्त गरेका छन् ।

यता वायु सेवा निगमका प्रवक्ता रमेश पौडेलले भने भारतको हकमा नागरिकता नै अनिवार्य भएको स्पष्ट पारेका छन् ।