काठमाडौं । आज बस्ने भनिएको शीर्ष नेताहरुको बैठक स्थगित भएको छ । बैठक आज दिउँसो १ बजे पनि बैठक बस्ने तय भएको थियो ।
संसदमा रहेका विचाराधीन विधेयक, संसदीय समिति गठन लगायतका विषयमा छलफल गर्न भनेर बस्न लागेको शीर्ष नेताहरुको बैठक स्थगित भएको हो ।
यसअघि सभामुख देवराज घिमिरेको पहलमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच दुई पटक छलफल भइसकेको छ ।
नेताहरुका अनुसार एमाले अध्यक्ष ओलीले आफू अस्वस्थ रहेको बताएपछि शीर्ष नेताहरुको बैठक स्थगित भएको हो । अर्को बैठकको मिति तय भएको छैन ।
प्रतिक्रिया