काठमाडौं । सुनसरीको इटहरी उपमहानगरले पक्की घर बनाउदा लाग्ने सम्पूर्ण शुल्क निःशुल्क गर्न थालेको छ ।
उपमहानगरले १ हजार वर्गफिटको पक्की घर बनाउदा लाग्ने सम्पूर्ण शुल्क निःशुल्क गर्न थालेको हो ।
पछिल्लो समय कोशी प्रदेशका विभिन्न जिल्लाबाट इटहरी बसाई सरेर आउनेको संख्या ह्वात्तै बढन थालेपछि इटहरी उपमहानगरपालिकाले नगरवासीलाई उक्त सुविधा प्रदान गरेको हो ।
इटहरी उपमहानगरपालिकाभित्र १ हजार वर्गफिटसम्मको घर बनाउने सबै नागरिकलाई घर बनाउन र निर्माण सम्पन्नमा लाग्ने सबै सुल्क निःशुल्क गरिएको इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले बताउनुभयो ।
उहाँले नागरिकको आर्थिक समस्यालाई मध्यनजर गर्दै केही सहज बनाउन र पक्का घर बनाउने तर्फ आकर्षित गर्ने उदेश्यले घर बनाउदा लाग्ने शुल्क निःशुल्क गरिएको बताउनुभयो। क
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले घरको नक्सा निर्माणका लागि छुट्टै घर नक्सा शाखा स्थापना गरी तीन जना आर्किटेक इन्जिनियरहरुलाई खटाइएको बताउनुभयो ।
उहाँले उपमहानगरपालिकाको कार्यपालिका बैठकको निर्णय अनुसार यो अभियान सुरु गर्न लागिएको बताउनुभयो ।
इटहरी उपमहानगरपालिकाले घर बनाउने शुल्क निःशुल्क गरेपछि २ सय ४१ जना नगरवासीलाई यो सुविधा प्रदान गरिएको उपमहानगरको घर नक्सा शाखा प्रमुख कैलास तिम्सिनाले जानकारी दिनुभयो ।
पक्की घर निर्माणले नगरवासीलाई सुरक्षित बनाउने उहाँको भनाइ छ ।
उपमहानगरपालिकाले घर बनाउदा लाग्ने शुल्क निःशुल्क गरिदिएकोमा नगरवासीले खुशी व्यक्त गर्दै जनप्रतिनिधिलाई धन्यवाद समेत दिएका छन् ।
प्रतिक्रिया