देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौँ महानगरमा २२ प्रतिशतले मात्रै तिर्छन् घरबहाल कर

देशान्तर

काठमाडौँ महानगरपालिकाका २२ प्रतिशत घरधनीले मात्र घरबहाल कर तिर्ने गरेका पाइएको छ । काठमाडौं महानगरपालिकाका राजश्व महाशाखा प्रमुख ध्रुव काफ्लेका अनुसार घरबहाल कर लिनका लागि ठोस किसिमको कानुन नहँुदा महानगरमा रहेका ७८ प्रतिशतले घर बहाल कर नतिर्ने गरेका हुन् ।

 
हालसम्मको अवस्था हेर्दा भाडामा बस्ने र घरधनीबीच सामान्य मौखिक समझदारी भएर भाडा लिने, दिने र बढाइने गरिएको उनले बताए । पछिल्लो समय काठमाडौँ महानगरमा घर भएका व्यक्ति विदेश जानका लागि घर बहाल कर, बत्ती, पानी र अन्य महानगरबाट लिइने सुविधाको पनि कर चुक्ता गर्नुपर्ने भएकाले घर बहाल कर सङ्कलनमा केही वृद्धि भएको प्रमुख काफ्लेको भनाइ छ ।

 
उनका अनुसार घरधनीले भाडामा लिएर उठेको रकमको दुई प्रतिशत राजस्व बुझाउनुपर्छ । अहिले वार्षिक रु १२ करोडसम्म कर उठ्ने गरेको छ । पूर्ण रुपमा घर बहाल करसम्बन्धी ऐन नहँुदा कर नबुझाउनेलाई कारबाही गर्ने अधिकार काठमाडौँ महानगरलाई नभएको काफ्लेले बताए ।