काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी प्रदेश सरकारमा सहभागि हुने बताउनुभएको छ ।
आज पार्टी निकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उस्तो बताउनुभएको हो ।
उहाँले पार्टी प्रदेश सरकारहरुमा सहभागि हुने बताउनुभएको हो ।
उहाँले आफूहरु संघीय सरकारमा सत्तारुढ गठबन्धनमा रहेको भन्दै प्रदेश सरकारमा पनि छिट्टै सहभागि हुने बताउनुभयो । उहाँले संघ र प्रदेश सरकार दुवैमा आफुहरुको भुमिक हुने उल्लेख गर्नुभयो ।
अध्यक्ष नेपालले राज्यले शिक्षा क्षेत्रलाई धेरै महत्व दिनुपर्ने बताउनुभयो ।
उहाँले कुनैपनि बालबालिकाहरुलाई विद्यालय बाहिर राख्नु नहुने बताउनुभयो । सबैले कम्तिमा कक्षा १२ सम्म पढ्नसक्ने वातावरण बनाउनुपर्ने बताउनुभयो ।
उहाँले युवाहरुलाई प्राविधिक शिक्षा र प्राविधिक तालिम दिएर सीपयुक्त जनशक्ति उत्पादन गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया