काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डको काम चाँडो सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डको आज स्थलगत अनुगमन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले काम चाँडो र गुणस्तरीय गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो ।
उहाँले नारायणगढबाट बुटवलसम्मको एक सय १४ किलोमिटर लामो सडकको विभिन्न १३ स्थानमा अनुगमन गर्नुभएको थियो ।
सडक अनुगमनका क्रममा काम सन्तोषजनक नदेअिएको बताउनुभयो । सडकको काम सकारात्मक दिशामा अगाडि बढेको गृहमन्त्री श्रेष्ठले बताउनुभयो ।
आफू भौतिक पूर्वाधारमन्त्री हुँदा सो सडकको निरीक्षण गरेको उल्लेख गर्दै उहाँले त्यस बेलामा सडकलाई कसरी चाँडो सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा निर्देशन दिएको बताउनुभयो ।
त्यसपछि अहिले तीव्र गतिमा काम हुन थालेको आफ्नो निरीक्षण र निर्देशनको परिणाम भएको उहाँले बताउनुभयो । अहिलेको काममा प्रगति भएको देखेर खुसी लागेको मन्त्री श्रेष्ठले बताउनुभयो ।
प्रतिक्रिया