देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एसीसीमा सहभागीता जनाउन ओमान राष्ट्रिय क्रिकेट टोली नेपाल आउँदै

देशान्तर

काठमाडौं । आगामी साता नेपालमा हुने एसीसी प्रिमियर कपमा सहभागीता जनाउन ओमान राष्ट्रिय क्रिकेट टोली आज साँझ नेपाल आउदै छन् ।

नेपाल क्रिकेट संघका कार्यवाहक सचिव दुर्गाराज पाठकका अनुसार दुवै टोली आज साँझ काठमाडौं आईपुग्ने बताउनुभयो ।

ओमानले नेपालसँग अभ्यास खेल्ने तयारी भईरहेको र त्यसको जानकारी बेलुकासम्म आउने पाठकले बताउनुभयो । समूह ए मा ओमानसँगै आयोजक नेपाल, कतार, मलेसिया र साउदी अरेविया छन् ।

ओमानले समूह चरणका दुई खेल मुलपानी र दुई खेल टियु मैदानमा खेल्नेछ । मुलपानीमा ओमानले १९ अप्रिलमा कतारसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ ।

टियु मैदानमा दोस्रो खेल २१ अप्रिलमा नेपालसँग तथा तेस्रो खेल मुलपानी मैदानमा २३ अप्रिलमा मलेसियासँग खेल्नेछ ।

समूह चरणको अन्तिम खेल टियु मैदानमा साउदी अरबसँग रहेको छ । नेपालसँगको टियुमा हुने खेल एकदिवसीय अन्तराष्ट्रियको हुनेछ । यो नेपालको ५० औं एकदिवसीय अन्तराष्ट्रिय रहने छ ।

समूह बी मा हङकङ, युएई, कुवेत, सिंगापुर र बहराईन रहेका छन् ।

हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल मे १ मा रहेको प्रतियोगिताको च्याम्पियन राष्ट्र एसिया कपमा छनोट हुनेछ ।

छनोट हुने राष्ट्रले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । आईतबार मात्र ओमानले १४ सदस्यीय टोली घोषणा गरेको थियो ।