काठमाडौं । नेकपा ९माओवादी केन्द्र०का उपाध्यक्ष कृष्णबहादुर महराले संक्रमणकालीन न्यायको विषय अदालत र न्यायाधीशले हस्तक्षेप गर्ने विषयवस्तु नभएको बताउनुभएको छ ।
सोमबार काठमाडौंमा आयोजित नेपालमा शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले न्यायको विषय अदालत र न्यायाधीशले हस्तक्षेप गर्ने विषयवस्तु नभएको बताउनुभएको हो ।
उहाँले संक्रमणकालीन न्यायको विषय सत्य निरुपण आयोगद्वारा निरुपण हुनुपर्ने जिकिर गर्नुभएको छ ।
उहाँले माओवादी जनयुद्धकालीन केही नेताहरु नेकपा एमालेमा रहेका पूर्वमाओवादी नेताहरु माओवादीमा फर्किन सकारात्मक रहेको बताउनुभयो ।
उहाँले कम्युनिष्टहरुमा व्यवहार र सिद्धान्त बिर्सिने रोग रहेको जिकिर गर्नुभयो ।
उपाध्यक्ष महराले पूर्वमाओवादीहरुबीच सके पार्टी एकता र नसके कार्यगत एकता हुनुपर्ने कुरामा आफूले जोड दिइरहेको बताउनुभयो । उहाँले समाजवादी मोर्चा बनाउने आफ्नो उद्देश्य सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया