देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उत्तरी सीमानाकाहरु खोल्न सरकारलाई सांसद बडूको ध्यानाकर्षण

देशान्तर

काठमाडौं । नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले नेपालको उत्तरी सीमामा रहेका नाकाहरु खोल्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

अज प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद बडूले यस्तो बताउनुभएको हो

उहाँले नेपालका उत्तरी सीमानामा रहेका दार्चुलाको तिङ्कर, ताप्लेजुङको ओलाङचुङ्गोला लगायतका नाकाहरु खोल्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

विगत चार वर्षदेखि नाका बन्द हुँदा त्यस भेगको जनजीवन समेत प्रभावित भएको भन्दै उहाँले नाका खोल्न कुटनीतिक पहल गर्न सरकारसँग माग गर्नुभयो ।

नाका खुलेमा देशको अर्थतन्त्र निर्माणमा योगदान पुग्ने उहाँको भनाई छ ।

उहाँले उत्तरी नाका खोलाउने विषयलाई सरकारले गम्भिरतापूर्वक लिनुपर्ने बताउनु भयो ।