देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल सार्वजनिक सेवा कर्मचारी संघको अध्यक्षमा दाहाल निर्विरोध

देशान्तर

काठमाडौँ । नेपाल सार्वजनिक सेवा कर्मचारी संघको सातौं महाधिवेशन सम्पन्न भएको छ । शुक्रबारदेखि सुरु काठमाडौमा सुरु भएको महाधिवेशन शनिबार सकिएको हो ।

महाधिवेशनको उद्घाटन नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले गरेका हुन् । शनिबार सम्पन्न महाधिवेशनले राजेन्द्र प्रसाद दाहालको नेतृत्वमा केन्द्रिय कार्यसमिति चयन गरेको छ । संघको अध्यक्षमा दाहालसहित पदाधिकारी र कार्यसमिति सदस्य निर्विरोध चयन भएको बताइएको छ ।

अधिवेशनले बरिष्ठ उपाध्यक्षमा प्रमिला ढुंगानालाई चयन गरेको छ भने तिन उपाध्यक्षमा प्रकाश चन्द्र भट्ट, हेमदत्त देवकोटा र फणिन्द्र पौडेल निर्विरोध निर्वाचित भएको संघले जनाएको छ ।

त्यस्तै महिला उपाध्यक्षमा गंगा भण्डारी ऐर, आदीवासी जनजाती उपाध्यक्षमा प्रताप मल्ल, मधेशी उपाध्यक्षमा अताउल्लाह अन्सारी र दलित उपाध्यक्षमा शंकर विक चयन भए ।

यसैगरी संघको महासचिवमा रमेश प्रसाद जोशी, खुल्ला उपमहासचिवमा नरबहादुर कुवँर, निरजराज जोशी, धर्मराज न्यौपाने, माया ढकाल नेपाल, महिला उपमहासचिवमा कमला न्यौपाने निर्विरोध भएको बताइएको छ ।

महाधिवेशनले कोषाध्यक्षमा भने पुण्य प्रसाद बख्रेल, सहकोषाध्यक्षमा बबिता उपाध्याय र युवा संयोजकमा प्रविण कुमार चौधरीलाई चयन गरेको छ ।

त्यस्तै अधिवेशनबाट १५ जना खुल्ला सदस्य, ५ जना महिला सदस्य, १ जना आदीवासी जनजाती सदस्य, १ जना मधेशी र एक जना अपांगता भएको सदस्य समेत निर्विरोध चयन गरेको छ ।