सुर्खेत – कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । एमालेका तीन मन्त्रीले मुख्यमन्त्री राजकुमार शर्मालाई राजीनामा बुझाएका छन् । सामाजिक विकासमन्त्री टेकराज पछाईँले बताए ।
कर्णाली सरकारमा एमालेबाट सामाजिक विकासमन्त्री पछाईँ, उद्योग वातावरण तथा पर्यटनमन्त्रीमा जीतबहादुर मल्ल र आर्थिक मामिला मन्त्रीमा विनोदकुमार शाह रहेका थिए ।
केन्द्रमा गठबन्धन फेरिएसँगै कर्णालीमा एमाले सरकारबाट बाहिरिएको हो ।त्यहाँ एमाले-माओवादीबीच आलोपालोमा मुख्यमन्त्री चलाउने गरी सुरूमा राजकुमार शर्मा मुख्यमन्त्री बनेका थिए ।
प्रतिक्रिया