काठमाडौं । नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले प्रदेशको नेतृत्व गर्ने कुरामा गठबन्धनमा सैद्धान्तिक सहमति भएको बताउनुभएको छ ।
जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा नेता खाणले यस्तो बताउनुभएको हो ।
उहाँले सबै प्रदेशमा नेतृत्व (मुख्यमन्त्री) आलोपालो गर्ने गठबन्धनमा सैद्धान्तिक सहमति भएको खुलासा गर्नुभएको छ ।
नेता खाणले कुन प्रदेशमा को नेतृत्व गर्ने कुराको टुंगो उपनिर्वाचनपछि लाग्ने बताउनुभएको हो ।
उपनिर्वाचनपछि सातवटै प्रदेश सरकार पुनर्गठन हुने र सत्ता गठबन्धन रहेका दलहरू सहभागी हुने उहाँको भनाई थियो ।
उहाँले गरेको दाबी अनुसार उपनिर्वाचनपछि मधेसको नेतृत्व कांग्रेसले पाउने निश्चित छ ।
प्रतिक्रिया