देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आजदेखि विदेशी पर्यटकले नेपालमा एक्लै पदयात्रा गर्न नपाउने

देशान्तर

विदेशी पर्यटकहरुले आजदेखि नेपालमा एक्लै पदयात्रा गर्न नपाउने भएका छन् । बाह्य पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै नेपाल पर्यटन बोर्डले पदयात्रा सूचना व्यवस्थापन प्रणाली (टिम्स) का केही प्रावधानहरू परिमार्जन गरेको छ । यसअघि पर्यटकहरू एक्लै पनि पदयात्रामा जान पाउने व्यवस्था रहेकोमा नेपाल पर्यटन बोर्डले आजदेखि एकल यात्रा अनुमति स्थगित गरेको हो ।

 

ट्रेकिङका लागि एक्लै हिँड्ने गरेका विदेशी पर्यटक पछिल्लो समय बेपत्ता हुने वा मृत अवस्थामा फेला पर्ने गरेपछि सरकारले सरकारी लाइसेन्सप्राप्त ट्रेकिङ गाइडको सेवा र नेपाल सरकारमा दर्ता भएका आधिकारिक ट्रेकिङ एजेन्सीबाट टिम्सकार्ड नलिई पदयात्रा गर्न नपाउने व्यवस्थालाई कार्यान्वयन गरेको पर्यटन विभागका निर्देशक मणिराज लामिछानेले बताउनुभयो ।

एकल यात्रा अनुमति बन्द गर्दा पर्यटकको कुनै पनि आपत्कालीन अवस्थामा उद्धार गर्न सहयोग पुग्ने तथा पथप्रदर्शकका लागि ठूलो संख्यामा रोजगारी सृजना हुने बोर्डले जनाएको छ ।