पोखराबाट काठमाडौं आएको बुद्ध एयर विमान त्रिभुवन विमानस्थलमा दुर्घटना हुन बाट जोगिएको छ । आज दिउसो ९ एन एआईएन कल साइन भएको बुद्ध एयरको विमान पार्किङमा राखिएको र्भयाङमा ठोक्किएको हो ।
विमान पार्किङ गर्ने क्रममा विमान सफा गर्न राखिएको र्भयाङमा ठोकिएपनि ठूलो क्षति नभएपनि विमानको इन्धन ट्यांकीमा क्षति पुगेको विमानस्थल स्रोतले जनाएको छ ।
विमानको पँखेटाकै भागमा फ्युल ट्यांकी हुने भएकाले यसरी ठोक्किँदा विमानमा आगो लाग्ने ठूलो सम्भावना हुने बिमानस्थाल कर्मचारीले बताएका छन । तर, बिमानमा आगो नलागेकाले ठूलो दुर्घटनाबाट बचिएको यात्रुहरुले बताएका छन ।
यता।बुद्ध एयरले भने विमानस्थलको लापरवाहीले घटना भएको भन्दै विमानमा समान्य मात्रै क्षति भएको बताएको छ ।
विमानस्थल प्रशासनले भने घटनाबारे अपौपचारिक रुपमा कुनै जानकारी दिएको छैन । पार्किङ स्थलबाट समयमै र्भयाङ नहटाइएको कारण घटना भएको घटनालाई लुकाउने प्रयास विमानस्थल कर्मचारीबाट भएको आरोप बुद्ध एयरले लगाएको छ ।
प्रतिक्रिया