काठमाडौें । विवाह भएको ९ महिनाकै टुंगिएको सम्बन्धबारे नायिका वर्षा शिवाकोटी खासै खुलेर बोल्न चाहेकी छैनन् ।
वैशाख ९ गते विवाह गरेका नायिका वर्षा शिवाकोटी र आशिष गेलालको सम्बन्ध नौ महिनामै टुंगिएके थिया ।
यस विषयमा फाट्फुट्ट कुरा गरे पनि वर्षा खुलेर खासै बोल्न चासो दिएकी छैनन् । २९ फागुनमा गेलालको अर्को बिबाहको खबर बाहिर आएपछि उनले आफूहरू दुई महिनाअघि नै कानुनी रुपमै अलग भएको बताएकी छन् ।
पछिल्लो समय फिल्ममा नदेखिएकी शिवाकोटी फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ मा देखिने छिन् । फिल्म चैतको १० गतेबाट फ्लोरमा जानेछ ।
फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगर, वर्षा सिवाकोटीको मुख्य भूमिका रहनेछ । फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गर्दैछन् ।
खगेन्द्र लामिछानेको लेखन रहेको फिल्ममा निरज कँडेलको डीओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्धाज र सुभाष गजुरेलको संगीत रहनेछ । टुकी आर्ट्सको ब्यानरमा खगेन्द्र लामिछानेले फिल्मको निर्माण गर्दैछन् । यो फिल्ममा वर्षा सरप्राइज रोलमा रहेकी देखिनेछिन्।
फिल्मलाई आउँदो वर्षको दशैंको फूलपातिमा रिलिज गरिने तयारी छ । यो फिल्म ‘पशुपति प्रसाद’को हिट पात्र भष्मे डनको चरित्रमाथि निर्माण हुनेछ । ७ वर्ष अघि निर्माण भएको फिल्म ‘पशुपति प्रसाद’ले व्यापारिक र समीक्षागत रुपमा निकै चर्चा पाएको थियो । फिल्मलाई ३० दिन लगाएर खिचिनेछ ।
प्रतिक्रिया