काठमाडौं– साताको अन्तिम कारोबार दिन शेयर बजार बिहीबार पनि गिरावट आएको छ। बुधबार १४.४४ अंकले गिरावट आएको नेप्से बिहीबारको कारोबार सकिँदा ५.३२ अंकले गिरावाट आउँदै नेप्से परिसूचक १९३३ मा आइपुगेको छ ।
बिहीबार ११९ वटा कम्पनीको मूल्यमा गिरावाट आएको छ भने ९२ कम्पनीको मूल्य बढेको छ । त्यस्तै, ३ वटा कम्पनीको मूल्य भने स्थिर रह्यो ।
बिहीबार धेरै मूल्य बढ्ने कम्पनीमा यूनिक नेपाल लघुवित्त, शुभम् पावर लिमिटेड, लिबर्टी इनर्जी, किसान लघुवित्त संस्था रहेका छन् ।
यस्तै, धेरै गुमाउनेमा लक्ष्मी लघुवित्त, नयाँ सारथी लघुवित्त, प्रभु जीवन बीमा, ग्रीन विकास बैंक, सानीमा ग्रोथ फण्ड रहेका छन् ।
प्रतिक्रिया