देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सत्तारुढ दल र राजपावीचको बैठक निश्कर्ष विहिन

देशान्तर

काठमाडौं । सत्तारुढ दल र राष्ट्रिय जनता पार्टी (राजपा) वीचको बैठक विना निश्कर्ष सकिएको छ । सुरुमा असार १४ को चुनाव सार्न माग गर्दै आएको राजपाले २ नम्बर प्रदेशको मात्रै भए पनि चुनाव सार्न माग गरेकोमा सत्तारुढ दलहरुले सो प्रस्तावलाई अस्वीकार गरेका छन् ।

 

 
राजपालाई सहमतिमा लिएर चुनावमा जाने प्रयासमा रहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा आइतबार राजपासँग सत्तारुढ दलका नेताले छलफल गरेका थिए ।

 

 

‘राजपाका नेताहरुले असार १४ को चुनाव सार्न प्रस्ताव गर्नुभयो, हामीले नमानेपछि २ नम्बर प्रदेशको मात्रै भए पनि सारौं भन्नुभयो,’ बैठकमा सहभागी सत्तापक्षका एक नेताले भने, ‘हामीले त्यो प्रस्ताव पनि अस्वीकार र्गयौं र बैठक विना निश्कर्ष टुंगिएको छ ।’

 

 

चुनाव जतिसुकै सारे पनि राजपाले चुनावमा भाग लिने विश्वास नभएकाले चुनाव सार्न नसकिने सत्तापक्षका नेताहरुले जवाफ दिएका थिए ।

 

 

राजपाले चुनावमा भाग लिनका लागि संविधान तत्काल संशोधन हुनुपर्ने र स्थानीय तहको संख्या थप गर्नुपर्ने शर्त राख्दै आएको छ । असार १४ को चुनाव पछि सारे पनि संविधान संशोधनमा एमाले सहमत नभएकाले संविधान संशोधन हुन्छ भनेर ग्यारेण्टी लिन नसकिने सत्तापक्षका नेताहरुले राजपालाई जवाफ दिएका छन् ।

 

 

त्यसैगरी स्थानीय तहको संख्या थप गर्ने विषयमा सर्वोच्च अदालतमा मुद्दा परेको हुनाले यसबारे पनि तत्काल केही गर्न नसकिने सत्तापक्षका नेताहरुले राजपा नेतालाई स्पष्ट पारेको बैठकमा सहभागी एक नेताले बताए ।