देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लागुऔषधसहित तीनजना पक्राउ

देशान्तर

लहान। प्रहरीको गस्ती टोलीले आज बिहान सिरहाको भगवानपुर गाउँपालिका–४ स्थित दुर्गा मन्दिर नजिकबाट लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ ।

प्रहरी चौकी ठाडीबाट खटिएको टोलीले लागुऔषधसहित लहान नगरपालिका–५ निवासी २२ वर्षीय सनाहुल हक, २४ वर्षीय मोहमद अस्लम र ११ वर्षीय अबराल सेखलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको साथबाट लागुऔषध डाइजेपाम २० एम्पुल, लुपिजेसिक १० एम्पुल र फेनारान २९ एम्पुल बरामद भएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।