देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पर्यटक बढाउन हङकङले सात लाख निशुल्क हवाई टिकट वितरण गर्ने

देशान्तर

काठमाडौं- हङकङमा पर्यटन व्यवसाय उकास्न सरकारले विश्वभरका यात्रुलाई करिब ७ लाख हवाई टिकट निशुल्क वितरण गर्ने भएको छ । बिहीबार सुरु भएको विश्वव्यापी पर्यटन प्रबद्र्धन अभियानमा यस्तो घोषणा गरिएको हो। यसले हङकङको पर्यटनलाई कोभिडअगाडिकै अवस्थामा फर्काउने अपेक्षा गरिएको छ ।

हेलो हङकङ नामक सो अभियान कार्यकारी प्रमुख जोन लीले वान चाइस्थित कन्भेन्सन एन्ड एक्जिबिसन सेन्टरमा उद्घाटन गरे। यो अभियानमा २ अर्ब हङकङ डलर खर्च गरिनेछ ।

मार्च १ देखि ६ महिनासम्म निशुल्क दिइने ७ लाख टिकटमध्ये ८० हजार टिकट हङकङका बासिन्दालाई छुट्याइएको छ। त्यस्तै, ८० हजार टिकट ग्रेटर बे एरियाबाट आउनेलाई दिइनेछ ।

करिब तीन चौथाइ टिकट भने एसियाली आगन्तुकहरुका लागि वितरण गरिनेछ। जसमध्ये पनि दक्षिणपूर्वी एसियाका मुलुकहरुलाई लक्षित गरिनेछ । त्यसका अलावा सो अभियानअन्तर्गत प्रमुख व्यापारिक प्रदर्शनी र सम्मेलन आयोजना गरिने छ। त्यस्तै, खेलकुद र कलासम्बन्धी कार्यक्रम पनि सञ्चालन गरिनेछ ।