देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्नातक र प्रमाणपत्र तहको परीक्षा असार २३ देखि

देशान्तर

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले प्रवीणता प्रमाणपत्र तह दोस्रो वर्ष र स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सोमबार सार्वजनिक गरेको छ ।

 
परीक्षा नियन्त्रण कार्यालयले ३ वर्षे स्नातक तह दोस्रो वर्षको मानविकी, विज्ञान, कानुन र शिक्षाशास्त्र संकायको नियमति, प्राइभेट, पूरा तथा आंशिक परीक्षा असार २३ गतेबाट सुरु हुने तालिका सार्वजनिक गरेको हो ।

 
प्रवीणता प्रमाणपत्र तह दोस्रो वर्षको सबै संकायको परीक्षा भने असार २५ गतेदेखि सुरु हुँदैछ । प्रवीणता प्रमाणपत्र तह त्रिभुवन विश्वविद्यालयबाट फेज आउट भइसकेको कार्यक्रम हो ।

 

परीक्षा नियन्त्रण कार्यालयले ०५९ मा पहिलोपटक परीक्षामा सहभागी भएका दुवै तहका परीक्षार्थीलाई यसपटक अवसर दिएको छ ।