देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माघ ८ गते आइतबारकाे देशान्तर साप्ताहिक पढ्नुहाेस्

देशान्तर

काठमाडौं । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस नेतृत्वको गठबन्धन छोडेर एमालेका केपी ओलीको शरणमा पुगेका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीको समर्थनमा सरकार निर्माण गरेको एक महिना पुग्न लागे पनि दाहालले आफ्नो तजबिजमा न मन्त्रिपरिषद् विस्तार गर्न सके, न सरकारको न्यूनतम साझा कार्यक्रममै नेतृत्वदायी भूमिका निर्वाह गर्न पाएका छन् ।

एक किसिमले भन्ने हो भने, ओलीको बैसाखीमा प्रधानमन्त्री बन्न सफल भए पनि सरकार सञ्चालनमा उनी निरीह देखिएका छन् भने ओली नै सर्वेसर्वा जस्तो गरी प्रस्तुत भएका छन् । सरकारलाई पूर्णता दिनलाई नै झन्डै दुई दिन बालकोटको शरणमा पुगेका प्रचण्ड अहिले पनि ओलीको आदेशबिना सिन्कोसमेत भाँच्न नसक्ने अवस्थामा रहेकोमा विश्वासको मत माग्दा जनमोर्चाबाहेक नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले साथ दिँदा अहिले चाहिँ उनको हैसियत बढेको छ भने केही हदसम्म भए पनि ओलीको ‘बार्गेनिङ’बाट उनी मुक्त भएका छन् ।

यसै सन्दर्भलाई निरन्तरता दिनको लागि प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसको समेत विश्वास आर्जन गर्न महत्ववपूर्ण राजनीतिक निर्णय गर्न सके भने उनको ‘बार्गेनिङ पावर’मात्र होइन, दुवै हातमा लड्डुसमेत हुने सम्भावना बढ्दै छ ।