देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तेजतीर्थ पुरस्कार वज्राचार्य, मानन्धर, झा र लुइँटेललाई

देशान्तर

काठमाडौं । पूर्वराष्ट्रपति डा रामवरण यादवले नेपाल भाषा परिषद्का अध्यक्ष फणीन्द्ररत्न वज्राचार्य र साहित्यकार शशीकला मानन्धरलाई यस वर्षको साहित्यतर्फको ‘तेजतीर्थ साहित्य पुरस्कार’ सोमबार प्रदान गरेका छन् ।

सो पुरस्कारको राशि जनही रु ५० हजार र साथमा प्रमाणपत्र छ । झन्डै छ दशकदेखि नेपाल भाषामा निबन्ध लेखनमा व्यस्त पत्रकार वज्राचार्यले नेपाल भाषाको ‘भाषा थुवा’ उपाधि प्राप्त गर्नाका साथै गोरखा दक्षिण बाहु, दुर्गम सेवा पदक तथा श्री ५ गद्दीआरोहण पदकबाट विभूषित भईसकेका छन् ।

चार दशकदेखि साहित्य सिर्जनामा तल्लीन नेपाल भाषाका पहिलो महिला उपन्यासकार मानन्धरले नेपाल भाषामा सात र नेपाली भाषामा एक उपन्यास, बाल उपन्यास, नाटक लेख्नाका साथै तीन पुस्तक नेपाली भाषामा अनुवाद गरेका छन् ।

‘तेजतीर्थ पत्रकारिता पुरस्कार’बाट पुरस्कृत हुनेमा पत्रकार चन्द्रकिशोर झा र रमा लुइँटेल छन् । उनीहरुले जनही रु ५० हजार र प्रमाणपत्र पाएका छन् । लोकतन्त्र र शान्तिका लागि मुक्तिनाथ अधिकारीलाई मरणोपरान्त्त पुरस्कार प्रदान गरिएको छ । सो पुरस्कारको राशि रु एक लाख र साथमा प्रमाणपत्र छ ।

पुरस्कार प्रदान गर्ने तेज–तीर्थ ट्रस्टका अध्यक्ष तीर्थराम डङ्गोल रहेका छन् । कार्यक्रममा पूर्वराष्ट्रपति डा यादवले देशका सबै भाषा, जाति तथा समुदायको विकास भए मात्र गणतन्त्र मनाउनुको सार्थकता हुने बताए ।