देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बागमतीको सभामुखमा नेमकिपाकी सायजुको उम्मेदवारी

देशान्तर

काठमाडौं – बागमती प्रदेशको सभामुख पदका लागि नेपाल मजदुर किसान पार्टीकी सृजना सायजुले मनोनयन दर्ता गरेकी छन् । बिहीबार प्रदेशसभा सचिवालय हेटौंडामा उपस्थित भएर सायजुले सभामुख पदमा मनोनयन दर्ता गरेका हुन् ।

उनले नेमकिपाका सांसदको प्रस्ताव सुरेन्द्रराज गोर्साइ र गीता काफ्लेको समर्थनमा मनोनयन दर्ता गरेका हुन् ।

उनले नेपालको संविधानको धारा १८२ एवम् प्रदेशसभा नियमावली (पहिलो संशोधन) २०७४ को नियम ७ को उपनियम (२) बमोजिम मनोनयन दर्ता गरेकी हुन । उनी भक्तपुरबाट नेपाकिपाको समानुपातिक कोटाबाट सांसद चुनियकी हुन् ।
११० सदस्यीय बागमती प्रदेशसभामा नेमकिपाका ३ जना सांसद रहेका छन् ।