देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुदूरपश्चिम प्रदेश सभाको सभामुख आज चयन हुदैँ, बागमतिमा उम्मेदवारी

देशान्तर

बागमती प्रदेशसभाको सभामुख र उपसभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । आज बिहान साढे १० बजेदेखि उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सत्ता गठबन्धनको तर्फबाट राप्रपाका महामन्त्री भुवन पाठक सभामुख पदको उम्मेदवार बन्ने भए पनि गठबन्धन इतरको उम्मेदवार भने टुंगो लागिसकेको छैन ।

सत्ता गठबन्धनबीच मुख्य पदहरु भागबण्डा गर्दा बागमती प्रदेशको सभामुख राप्रपाले लिने सहमति भएको थियो । राप्रपाले पाठकलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताका अनुसार साढे दुई बजेदेखि साढे तीन बजेसम्म उम्मेदवारी फिर्ता लिने र लगत्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । निर्विरोध भए पनि वा एक जनाभन्दा बढीको उम्मेदवारी परे पनि २९ गते प्रदेश सभाको बैठक बोलाउने र सोही दिन निर्वाचन गरेर परिणाम सार्वजनिक गर्ने तयारी छ ।

यसैविच सुदूरपश्चिम प्रदेश सभाको सभामुख चयन आज हुँदैछ । सभामुख पदमा दुई जनाको उम्मेदवारी परेकाले निर्वाचनमार्फत चयन गर्न लागिएको सुदूरपश्चिम प्रदेश सभा सचिवालयले जनाएको छ ।

सभामुख पदका लागि सत्ता साझेदार दलहरुको तर्फबाट माओवादी केन्द्रका भीमबहादुर भण्डारी र नेपाली कांग्रेसको तर्फबाट मानबहादुर रावल उम्मेदवार छन् ।

भण्डारीलाई माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक जना सांसदको समर्थन छ । रावललाई भने नेपाली कांग्रेससँगै एकीकृत समाजवादीका सांसदहरुले समर्थन गरेका छन । ५३ सदस्यीय प्रदेश सभामा सभामुखमा विजयी हुन कम्तिमा २७ मत ल्याउनुपर्छ ।