देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बागमतीका मुख्यमन्त्रीसहित तीन मन्त्रीले लिए शपथ

देशान्तर

काठमाडौं – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शपथग्रहण गरेका छन् । सोमबार बागमती प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त भएका जम्कट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार शपथग्रहण गराएका हुन् ।

मुख्यमन्त्री जम्कट्टेलले शपथग्रहणलगत्तै दुई सदस्यीय मन्त्रिपरिषद् पनि विस्तार गरेका छन् । मुख्यमन्त्रीसँगै नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपा संसदीय दलका नेता उद्वव थापाले पनि पद तथा गोपनियताको शपथ लिएका छन् ।

जम्कट्टेलले थपलियालाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । राप्रपाका थापालाई कुनै पनि मन्त्रालयको जिम्मेवारी दिइएको छैन । उनी बिना विभागीय मन्त्री बनेका छन् ।

सुरुमा सानो मन्त्रिमण्डल बनाएका मुख्यमन्त्री जम्कट्टेलले आफूलाई समर्थन गरेको दलहरुसँगको छलफलपछि मन्त्रिमण्डललाई पुर्णता दिने जनाएका छन् ।