देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘लीलाध्वज स्रष्टा सम्मान’ साकार र श्रेष्ठलाई

देशान्तर

काठमाडौं । यस वर्षको ‘लीलाध्वज स्रष्टा सम्मान’ साहित्यकार शैलेन्द्र साकार र जलेश्वरी श्रेष्ठलाई प्रदान गरिएको छ ।
नेपाली साहित्यमा कथा तथा कविता लेखनमा विशिष्ट योगदान गरेबापत उनीहरुलाई सम्मान गरिएको हो । लीलाध्वज स्मृति प्रतिष्ठानद्वारा शनिबार आयोजित कार्यक्रममा आख्यानकार गीताकेशरीले लीलाध्वज थापा राम्रो कथाकार भएको बताउँदै नेपाली भाषा तथा साहित्यलाई विश्व परिवेशमा पु¥याउनका लागि उत्कृष्ट साहित्यको रचना गर्नुपर्नेमा जोड दिए ।

पूर्वसचिव देवराज रेग्मीले स्रष्टाले विभिन्न रचनाका माध्यमबाट समाजको आर्थिक तथा सामाजिक रुपान्तरणमा सहयोग गर्नुपर्ने विचार व्यक्त गरे । प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले नेपाली साहित्य तथा वाङ्मयको विकासमा लीलाध्वजका रचना महत्वपूर्ण रहेको बताउँदै उनको स्मृतिमा स्रष्टालाइ सम्मान गर्ने नीति रहेको जानकारी गराए ।

सो अवसरमा विभिन्न कविले गरेको कविता वाचन गरेका थिए । सो अवसरमा प्रदीप घिमिरे, कल्पना काफ्ले र सुशीला पौडेललाई पनि सम्मान गरिएको थियो ।