देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुकुम्वासी समस्या समाधान गराई छाड्नेछु

देशान्तर

तपार्इंको कार्यकालमा कस्ता कामहरू गर्ने योजना बनाउनु भएको छ ?
विशेषगरी हुप्सेकोट गाउँपालिकामा नवलपरासीका हुप्सेकोटवासीले यो चुनौतीको घडीबाट मलाई पार लगाई दिनुभयो, मलाई आफ्नो अमूल्य मत दिई निर्वाचित गराई दिनुभयो म उहा“हरूलाई विशेष धन्यवाद दिन चाहन्छु ।

हुप्सेकोट गाउँपालिकामा विकासका योजनाहरू धेरै पछाडि परेका छन् । यहा“ ओझेलमा रहेका विकास निर्माणका कामहरू धेरै छन् । प्रत्यक्ष रूपमा जनताको समस्यालाई मध्यनजर गर्दैै अघि वढ्नेछु । भौगोलिक हिसाबले नवलपरासीको पनि विकटता भित्र परेको गाउ“पलिकामा पर्छ यो हुप्सेकोट गाउँपालिका । विकास निर्माणका कामहरू जुन ठाउ“मा बढी आवश्यकता छ, त्यसलाई प्राथमिकतामा राखेर काम गर्ने योजनामा छु ।

खासगरी हुप्सेकोट गाउँपालिकाका मुख्य समस्याहरू के–के हुन् ?
हुप्सेकोट गाउँपालिकाको समस्या त भिन्नभिन्न किसिमका थुप्रै समस्याहरू छन् । यहाँ धेरै समय अगाडि देखिको समस्या सुकुमबासी समस्या हुप्सेकोटको ठूलो समस्या भित्र पर्दछ । यसलाई समाधान गर्नुपर्ने महत्वपूर्ण समस्याको पाटोको रूपमा मेरो का“धमा आएको छ ।

हुप्सेकोट आफैंमा पहाडी भेगमा पर्ने भएका कारण विकास निर्माणका काम जटिल छन् । यो पहाडी भेगमा खानेपानीको समस्या, बिजुलीबत्तीको समस्या, स्कुल बाटोघाटोको समस्या र त्यो भित्र रहेका अन्य धेरै समस्याहरू हामीले चिर्नुपर्नेछ । कुन कामलाई अगाडि गर्दा जनतालाई बढी प्रभाव पर्छ त्यसलाई छुट्याएर काम गर्नुपर्ने मानसिकतामा छु ।

तपार्इं भोट माग्न जनताको घरदैलौमा पुग्नुभयो, जनताको अपेक्षा के रहेछ ?
जसलाई जुन पीडाले पोलेको हुन्छ, उसको त्यो समस्या समाधान गरिदिए हुन्थ्यो भन्छ नै । जुन चिजको अभाव जनतामा खड्किरहेको छ त्यो चीजको आवश्यकता परिपूर्ति गराइदिए हुन्थ्यो भन्ने हुन्छ ।

बिजुलीबत्ती नबलेका गाउँमा बिजुलीबत्ती बाल्ने रहर छ, स्कुल नभएका गाउँमा आफ्ना नानीहरूलाई पढाउन पढ्ने स्कुल खोलिदिएहुन्थ्यो भन्ने छ । यो ग्रामीण भेग भएका कारणले अस्पतालको अभाव छ, स्वास्थ्य उपचारमा समस्या भएका कारण कतिले अकालमै मृत्युवरण गर्नु परेका छन् जस्ले अस्पतालका मागहरू राखेका छन् ।

यस्ता फरकफरक किसिमका फरकफरक प्रकृतिका समस्याहरू छन् । ती समस्याहरू जुन टोलमा जा“दा जुन घरदैलो बस्तीबस्तीमा पुग्दा जनताले हाम्रा यी समस्याहरू तपार्इंहरूले हेरिदिनुपर्छ मतदान गर्दा भोलि तपार्इंहरूको लागि भन्दा नि हामीहरूको लागि राम्रो हुने अनुभूतिको वातावरण सिर्जना गर्नुप¥यो, जस्ता जनगुनासा, अभिव्यक्तिहरू हामीले पाएका थियौं । त्यो अभिव्यक्ति पूरा गर्ने हाम्रो दायित्व हो, जुन वचन दिएकी छु मैले त्यसैले जिम्मेवरी बोध भएको ठानेकी छु ।