देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु

देशान्तर

पाल्पामा बस दुर्घटनाहुदा ६ जनाको मृत्यु भएको छ । पाल्पाको खुर्सानेमा ग १ ख ४९७७ नम्बरको बस दुर्घटना पर्दा ६ जनाको मृत्यु र १८ जना घाइते भएका छन् ।रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुर्साने जाँदै गरेको यात्रुबहाक बस खुसार्ने पुग्नै लाग्दा गएराति साढे ९ बजे मधुवन टारीफाँट नजिकै राधादी गैरामा दुर्घटनामा परेको हो ।

दुर्घटना हुँदा खुर्साने गाउँका ६ जना महिलाको ज्यान गएको छ। दुर्घटनामा खुर्साने गाउँका खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, कमला खत्री, दानकुमारी खत्री र गुनी गाहाको ज्यान गएको वडा नं. ८ का वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिनुभयो । मृतक सबै खुर्साने गाउँका रहेका छन् ।मृतकमध्ये तीन जनाको शव बाहिर निकालिएको छ भने ३ जना बसले च्यापेको अवस्थामा रहेका छन् । बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेको छ ।

पाल्पा र रुपन्देहीका प्रहरी तथा स्थानीयले उद्धारको कार्य जारी राखेको स्थानीय प्रहरी चौकी जुठापौवाका हवल्दार लिलाबहादुर केसीले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएका अन्य १८ जनालाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ । घटनास्थल रुपन्देहीको सालझण्डीदेखि करिब १० किलोमिटरको दुरीमा रहेको वडा अध्यक्ष रेमबहादुर रानाले वताउनु भयो ।