देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भैरहवाबाट अन्तर्राष्ट्रिय उडान स्थगित

देशान्तर

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएको अन्तर्राष्ट्रिय उडान स्थगित भएको छ । मौसमको कारण देखाउँदै जजिरा एयरवेज र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान रोकेका हुन् ।

विमानस्थल कार्यालयका अनुसार गत डिसेम्बर १६ देखि हिमालय र २१ डिसेम्बरदेखि जजिराले उडान स्थगित गरेका छन् ।

मौसम र यात्रुको कारण देखाउदैँ उडान रोकिएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारि दिनुभयो । काठमाडौंबाट बसमा यात्रुलाई भैरहवा सम्म लैजानु पर्ने र मौसम खराब भए फेरि यात्रुलाइ बसमा काठमाडौं पु¥याउनु पर्ने समस्याले उडान स्थगित गरिएको छ ।

जजिराले मौसममा सुधार आएपछि नियमित उडान गर्ने बताएको छ । तर यसका लागि अझै समय लाग्ने महाप्रबन्धक दाहालले जानकारि दिनुभयो ।

त्यस्तै आन्तरिकतर्फका उडान पनि मौसमका कारण प्रभावित भएको छ । आन्तरिकतर्फ दैनिक १८ देखि २० वटासम्म उडान हुनेमा हाल ५ वटा उडान हुन पनि मुश्किल रहेको महाप्रबन्धक दाहालले बताउनु भयो ।