देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एजेन्डा बुझाउन नसक्दा पराजय : राप्रपा महामन्त्री चन्द

देशान्तर

बैतडी । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री जयन्तबहादुर चन्दले आफ्नो एजेन्डा जनतालाई बुझाउन नसक्दा पराजय भोग्नुपरेको बताएका छन ।

चुनावी प्रचारप्रसारका क्रममा गृह जिल्ला बैतडी पुगेका महामन्त्री चन्दले संक्षिप्त कुराकानी गर्दै जनतासमक्ष राप्रपाको एजेन्डा प्रष्ट पार्न नसक्नुले पाराजित हुनुपरेको बताए ।

नेपाललाई हिन्दू राष्ट्र कायम गर्ने, संवैधानिक राजतन्त्र बोकेको राप्रपाले हिन्दूत्वसँगै राष्ट्रियता, प्रजातन्त्र र हिन्दूत्वको धरातलमा समृद्ध नेपाल निर्माण गर्न आधारस्तम्भ बोकेको उनले बताए ।

“निर्वाचनको मुखमा आएर सरकार छाड्नुले पनि हाम्रो यो अवस्था आएको हो,” उनले भने “एजेन्डाबाट विचलित नभएर दोस्रो चरणको चुनावमा जनतामा जान्छौ र सफल हुनेछौँ ।”

स्थानीय तहको निर्वाचनले देश समृद्घितिर लम्किने भएकाले दोस्रो चरणको निर्वाचन अनिवार्य रहेको उनको भनाई थियो । “निर्वाचन हुन नसकेमा देश अन्यांैलता तर्फ धकेलिन्छ” चन्दले भने । लोकतान्त्रिक अभ्यासमा हारजित स्वभाविक भएको बताउँदै उनले निर्वाचनमा पराजय भए पनि कार्यकर्तालाई निराश नभएर दोस्रोचरणको चुनावमा सक्रिय हुन आग्रह गरेका छन ।