देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा कांग्रेस विजयी

देशान्तर

चौतारा । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। जिल्ला निर्वाचन कार्यालयद्धारा सार्वजनिक अन्तिम मत परिणाम अनुसार अध्यक्षमा कांग्रेसका वंशलाल तामाङ र उपाध्यक्षमा मिरा अधिकारी लामा विजयी भएका हुन्।

वंशलालले एमाले उम्मेदवार झम्क नेपाललाई दुई सय मतअन्तरले हराउँदै इन्द्रावतीको अध्यक्षमा निर्वाचित भए। कांग्रेसका उम्मेदवार तामाङको पक्षमा ५ हजार ३ सय ६५ र एमाले उम्मेदवार नेपालको पक्षमा ५ हजार १ सय ६५ मत परेको थियो।

अध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवार चिरञ्जीवी आचार्यले २हजार ५ सय ८४ मत पाएका थिए। यसैगरी उपाध्यक्षमा कांग्रेसकै मिरा लामालाई ५ हजार १ सय ६१ मत सहित निर्वाचित भइन्। उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी सरस्वती अधिकारीले ५ हजार ८९ मत ल्याइन् । उपाध्यक्ष पदको माओवादी उम्मेदवार विसमाइ तामाङको पक्षमा २ हजार ६९६ मत परेको छ ।