देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्याङ्जाको वालिङ नगरपालिकामा कांग्रेस विजयी

देशान्तर

वालिङ । स्याङ्जाको वालिङ नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

वालिङ नगरपालिकाको नगर प्रमुखमा कांग्रेसका दिलीपप्रताप खांणले १० हजार ६०० मत ल्याई विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पुन्यप्रसाद अर्यालले आठ हजार ७४९ मत प्राप्त गरे ।

त्यस्तै नगर उपप्रमुखमा कांग्रेसकै कल्पना तिवारी नौ हजार ८९५ मत ल्याई विजयी भयो । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी खगिसरा थापाले नौ हजार ३५७ मत प्राप्त गरे । वालिङमा ३१ हजार ३१२ मतदाता रहेकामा २२ हजार ४३४ मत खसेको थियो ।

चौधवटा वडा रहेको वालिङ नगरपालिकामा कांग्रेस प्रमुख र उपप्रमुखसहित सातवटा तथा एमाले सातवटा वडामा विजयी भएको छ ।