देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भेरी किनारमा भोज खाना गएका एकको मृत्यु , एक बेपत्ता

देशान्तर

 भेरी नदीको किनारमा वनभोज खान गएका जाजरकोट भेरी नगरपालिका –४ का २० बर्षका रोशन खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भेरी नगरपालिका ३ का २६ बर्षका विक्रान्त केसी भेरी नदीमा बेपत्ता भएका छन् । नदीमा डुबेका बीरेन्द्र शाहीलाई भने जीवितै उद्धार गरिएको छ ।

रोशन र बीरेन्द्र डुबेपछि साथीहरुलाई बचाउन गएका विक्रान्त बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य भैरहेको प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाले बताउनुभयो  ।

नदी पारी रहेको सवलाई निकाल्ने र बेपत्ताको खोजी काम भइरहेको निरौलाले बताउनुभयो ।

तिहारको अवसरमा सदरमुकाम खलंगामा हालै भएको फुटबल प्रतियोगितामा खसी बाजी जितेका युवाहरुले मंगलबार भेरी नगरपालिका ११ मटेला स्थित भेरी नदी किनारामा पिकनिक(भोज)को आयोजना गरेका थिए ।

पिकनिक गएका युवाहरु नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।