देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बागमती प्रदेश प्रमुख शर्माद्वारा दुई अध्यादेश जारी

देशान्तर

काठमाडौं – बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आइतबार दुई अध्यादेश जारी गरेका छन् । प्रदेश प्रमुख शर्माले जारी गरेको अध्यादेशमा प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा २०२ को उपधार १ बमोजिम बागमती प्रदेश सरकारले सिफारिस गरेको उक्त अध्यादेश जारी गरेका हुन् ।