देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुर्खेतको चिङगाड गाउँपालिकामा काँग्रेस उमेदवार विजयी

देशान्तर

सुर्खेत । चिङगाड गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका देवबहादुर चन्द दुई हजार ९४९ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका बखतबहादुर खत्रीले दुई हजार ३८५ र नेकपा माओवादी केन्द्रका बोधविक्रम जिसीले एक हजार ७२१ मत प्राप्त गरे ।

सो गाउँपालिकाको उपाध्यक्षमा काँग्रेसकै मनमाया आचार्य दुई ८७७ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्दी एमालेकी दीपाकुमारी रानाले दुई हजार ४१४ तथा माओवादी केन्द्रकी तेजकुमारी रानाले एक हजार ५१९ मत प्राप्त गरिन् ।