देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चन्द्रागिरिमा कांग्रेसको अग्रता

देशान्तर

काठमाडौँ । चन्द्रागिरि नगरपालिका प्रमुखको मतगणनामा हालसम्म नेपाली कांग्रेसका घनश्याम गिरीले ४ हजार ८५२ मत प्राप्त गरी अग्रता कायम गरेको छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का प्रल्हाद कार्कीले दुई हजार ३७८ मत प्राप्त गरेका छन् । हालसम्म उपप्रमुखमा काँग्रेसका इन्द्रावती श्रेष्ठले तीन हजार ७१८, एमालेका लीसा नकर्मीले दुई हजार ९२२ मत प्राप्त गरेको निर्वाचन अधिकृत गणेश नायकले जानकारी दिए ।

कुल ३८ हजार ८७२ मतदाता रहेको सो नगरपालिकामा ३१ हजार ९२० मत खसेको थियो । नगरपालिकामा १५ वडा रहेकामा अहिले ४ र ५ वडाको मतगणना सम्पन्न भइसकेको छ ।

यसैबीच, वडा नं ४ मा काँगे्रसको समूह विजयी भएको छ । विजयी वडाध्यक्षमा कृष्णप्रसाद खड्गी तथा सदस्यमा कृष्णकुमारी गोपाली, रविना रोक्का, पृथ्वीबहादुर लामा र मन्जयप्रकाश श्रेष्ठ छन् ।

वडा नं ५ मा एमालेको समूह विजयी भएको छ । विजयी वडाध्यक्षमा कान्छाभाइ महर्जन, तथा सदस्यमा तुलसी महर्जन, झम्फे नेपाली, सुशीला राना मगर र तेजिला थापा रहेका छन् ।