देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पहिलो चरणको स्थानीय चुनावः ३४ जिल्लामा एकसाथ मतदान सुरु

देशान्तर

काठमाडौं । नयाँ संविधान अुसार स्थानीय तह चयनका लागि आज ३४ जिल्लाका २ सय ८३ स्थानिय तहमा मतदान भइरहेको छ । मतदान बिहान ७ वजेबाट सुरु भएको हो । मतदान बेलुका ५ बजेसम्म जारी रहनेछ । ४९ लाख ५६ हजार ९ सय २५ मतदाता छन् ।

मतदानका लागि झण्डै चार हजार मतदान स्थल तोकिएको छ । ३ हजार ९२२ मतदान स्थलका ६ हजार ६४१ मतदान केन्द्रबाट मतदाताहरुले आफूले चाहेको उम्मेदवारलाई मत दिनेछन् । १३ हजार ५६५ पदमा हुन लागेको निर्वाचनमा झण्डै ५० हजार उम्मेदवार चुनावी मैदानमा छन् ।

कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल द्वारा स्थानीय तहको निर्वाचन मा सत्यवत्ति केन्द्रबाट ७ बजे मतदान गरे । प्रधानमन्त्री पुष्पकमल दाहालले चितवनमा पुगेर मतदान गरे ।