देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टोखालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने कांग्रेस उमेदवारको प्रतिबद्धता

देशान्तर

काठमाडौँ । काठमाडौं महानगरपालिकासँग जोडिएको टोखा नगरपालिका पनि यसपटकको स्थानीय निर्वाचनपछि काँचुली फेर्ने पर्खाइमा रहेको छ । झोर महाङ्काल, टोखाचण्डेश्वरी, टोखा सरस्वती, धापासी र गोंगबु पाँच गाविस जोडिएर २०७१ सालमा टोखा नगरपालिका घोषणा गरिएको आगामी आइतबार हुने निर्वाचनबाट काँचुली फेर्ने पर्खाइमा रहेको छ । पूर्व बूढानीलकण्ठ, पश्चिम तारकेश्वर, उत्तरमा नुवाकोट र दक्षिणमा काठमाडौं महानगरसँग जोडिएको यस टोखालाई अब निर्वाचित हुने जनप्रतिनिधिको काँधमा समृद्ध सुविधासम्पन्न सहर ९स्मार्टसिटी० बनाउने पहिलो योजना रहने छ ।

टोखा नगरपालिकाका नेपाली काँग्रेस प्रमुख पदका उम्मेदवार हरिहर अधिकारीले टोखालाई स्मार्टसिटीको रुपमा विकास गदै ऐतिहासिक पर्यटकीय धरोहरको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । टोखामा धेरै पर्यटकीय क्षेत्र भएकाले तिनलाई संरक्षण गरी टोखा नगरीलाई पर्यटकीयस्थल बनाउने उनको योजना रहेको छ । नेपाली काँग्रेसबाट प्रमुख पदको उम्मेदवार भएका हरिहर अधिकारीले टोखा आफैमा पर्यटकीय क्षेत्र भएको यहाँका धार्मिकस्थल, पर्यटकीयस्थल र ताल तथा पोखरीलाई संरक्षण गरी पर्यटकीय क्षेत्र बनाउने बताए । ‘यहाँका धेरै पर्यटकीय क्षेत्र ओझेलमा परेका छन्’ – उनले भने–‘ती ठाउँको संरक्षण र प्रबद्र्धन गरी टोखालाई पर्यटकीय क्षेत्र बनाइने छ ।’

उनले आफ्नो १९ बुँदे घोषणापत्रमा गोंगबुुमा सडक विस्तार गर्ने, झोर महाकाङ्लमा कृषि क्षेत्र बनाउने योजना रहेका छन् । काठमाडौँ जिल्लाको सबैभन्दा बढी भूकम्पबाट प्रभावित यस नगरपालिकामा निर्वाचित जनप्रतिनिधिलाई भूकम्पबाट क्षतिग्रस्त गोंगबुलाई व्यवस्थित गर्नुपर्ने अर्को चुनौती समेत रहेको छ भने खानेपानी र सडक विस्तार पनि यहाँका मुख्य समस्या रहेका छन् । निर्वाचित हुने जनप्रतिनिधिले यिनै कुरालाई लिएर आफ्नो प्रमुख चुनावी मुद्दा बनाएका छन् । झोर महाकाङ्लको बौडेश्वर, टोखा चण्डेश्वरीको सपनतीर्थ, टोखा सरस्वतीको भूतखेल, धापासीको बसुन्धरा देवी, गोंगबुको मनोहर तीर्थ महेन्द्रेश्वर, महादेवबीच विनायक गणेश यहाँका प्रमुख पर्यटकीय स्थल हुन् । यसैगरी सपनतीर्थ, चण्डेश्वरी, तलेजु, इन्द्रायणी, सरस्वती बौडेश्वर, थनेलाक्षी, कोनेलाक्षी, धापासी, झोरमहाङ्काल यहाँका प्रमुख धार्मिक तथा ऐतिहासिक स्थल हुन् । यी धार्मिक तथा ऐतिहासिक स्थलको संरक्षण गर्नुपर्ने नवनिर्वाचित जनप्रतिनिधिको अभिभारा रहेको छ ।

अट्ठाइस हजार १७४ मतदाता रहेको यस नगरपालिकामा प्रमुख र उपप्रमुख सहित ५७ जना निर्वाचित हुनेछन् । ११ वडा रहेको यस नगरपालिका प्रमुख १४, उपप्रमुखमा नौ जनासहित २६१ जनाले उम्मेदवारी दिएका छन् । वडा नं २ र ६ मा दलित महिला सदस्यमा नेपाली काँग्रेसबाट प्रतिमा हिडमाङ र दिलमाया विक निर्विरोध निर्वाचित भइसकेको छन् । नब्बे प्रतिशत साक्षर भएकाले रहेको यहाँको जनसङ्ख्या महिलाको ५० हजार ७०९ र पुरुष ४८ हजार ३२३ गरी ९९ हजार ३२ जनसङ्ख्या रहेको छ । टोखाभित्र सरस्वती गहना पोखरी, गणेश पोखरी, सपनतीर्थजस्ता ताल र पोखरीसमेत रहेका छन् ।