देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दोलखामा एमाले–माओवादी झडपमा एकको मृत्यु, हत्याको आरोपमा आठ पक्राउ

देशान्तर

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा दोलखामा एकजना एमाले कार्यकर्ताको मृत्यु भएको छ। गौरीशंकर गाउँपालिका–१ जुबुमा मंगलबार राति चुनावी प्रचारका क्रममा दुई समूहबीच झडप भएको थियो। जिल्ला प्रहरी कार्यालयका अनुसार, झडपका क्रममा माओवादीको कुटपिटबाट ३५ वर्षीय एमालेका कार्यकर्ता कुलबहादुर तामाङको मृत्यु भएको छ ।

हत्यामा संलग्नको आरोपमा माओवादी केन्द्रका ८ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बडाएको सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटुवालले जानकारी दिए । प्रहरीले हत्यामा संलग्नहरुको व्यापक खोजी गरिरहेको जनाएको छ । यता हत्याको आरोपमा एमाले दोलखाले उजुरी दर्ता गर्ने तयारी गरिरहेको छ ।

झडपमा अर्का ५५ वर्षीय दिलबहादुर बुढाथोकी गम्भीर घाइते भएका छन् । घटना अनुुसन्धानको लागि प्रहरी नायब उपरीक्षक रबीन कार्की नेतृत्वको टोली बुधबार बिहानै परिचालन भइसकेको जिल्ला प्रहरीले जनाएको छ। तामाङको उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बीच बाटोमा ज्यान गएको हो । तामाङ हुप्पाका स्थायी बासिन्दा हुन् । दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटवालका अनुसार, झडपमा गौरीशंकर गाउँपालिका–२ का एमाले कार्यकर्ता दिलबहादुर बुढाथोकी गम्भीर घाइते भएका छन् ।

उनलाई बुधार राति नै उपचारका लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । बुढाथोकी स्थानीय नीलकण्ठेश्वर उच्च माविका शिक्षक पनि हुन् । दोहोरो झडपमा परी उमेद्वार भरत खड्का लगायत आधा दर्जन माओवादी कर्याकर्ता घाइते भएका छन् । खड्का नेकपा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षका उम्मेदवार हुन् । एमाले–माओवादी दुवै पक्षले घटनामा एक अर्कालाई दोष दिएका छन् । दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी कटवालले घटनाबारे थप अनुसन्धान भइरहेको बताए । घटनापछि जुँगुका मतदातामा त्रास फैलिएको छ । अवस्थालाई सामान्य स्थितिमा फर्काउन प्रयास भइरहेको प्रहरीले जनाएको छ ।