देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गुन्डाहरु धमाधम प्रहरी खोरमा चक्रे मिलन पक्राउ

देशान्तर

काठमाडौं : महानगरीय अपराध महाशाखाका डिएसपी अजय केसी नेतृत्वको टोलीले मिलनलाई मंगलबारअपरान्ह उनकै घर काठमाडौं महाराजगंजबाट पक्राउ गरेको हो।
अर्का गुन्डा नाइके दीपक मनाङ्गेलाई समातेको २ दिनपछि प्रहरीले मिलनलाई पनि पक्राउ गरेको हो। चक्रे मिलनले चुनावलाई प्रभावित गर्न सक्ने अवस्था देखियो, त्यही भएर उनलाई पक्राउ गरिएको हो, अपराध महाशाखाका एसएसपी दिनेश अमात्यले बताए।

ुउनले जुनसुकै बेला पनि चुनावमा जे पनि गर्न सक्छन् भने देखियो,ु अमात्यले भने, ुप्रिडिटेन्सनका आधारमा उनलाई पक्राउ गरेका हौं ।
अमात्यका अनुसार ३० भन्दा बढी टोले गुन्डाहरुलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ परेकाहरुलाई चुनावको भोलिपल्ट छाडिने प्रहरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार दीपक मनाङ्गे, चक्रे मिलनले चुनावलाई प्रभावित पार्न आफ्ना युवाहरु परिचालन गरेका छन् ।