देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आना र आसिरमानको ‘ग्याङस्टर ब्लुज’

देशान्तर

काठमाडौं । हेमराज बीसी निर्देशित फिल्म ‘ग्याङस्टर ब्लुज’को टिजर रिलिज भएको छ । टिजरमा डेब्यु ब्वाई आसिरमान देशराज जोशी लिड अभिनेत्री आना शर्मास“गै संयम पुरी र रोजिशा शाही ठकुरी फिचरिङमा छन् । फिल्मको नामले जस्तै टिजर पनि ग्याङ्स्टर लाग्छ ।

निर्माण घोषणाको समयदेखि नै उदीयमान प्रतिभाको रूपमा अनि फिल्म उद्योगको लागी आशाको किरण मानिएका आसिरमान देशराजको अभिनय टिजरमा बोल्ड देखिन्छ । फिल्मभित्र आना र आसिरमानको प्रेममा अभिनेत्री रोजिशा भिलेन अवतारमा प्रस्तुत भएको टिजरले छनक दिन्छ ।

सरोज न्यौपानेले निर्माण गरेको फिल्मको केही हप्ता पहिलेमात्रै नेपालगन्जबाट सम्पूर्ण छायांकन सकिएको थियो । भदौ २ लाई प्रदर्शन मिति तय गरेको फिल्मको प्रचारलाई थालनी गर्दै शनिबार निर्माण टिमले टिजर बाहिर ल्याएको हो ।

रिलिजको केही घण्टामै युट्युबमा टिजरप्रति सकारात्मक प्रतिक्रिया व्यक्त भएको छ । धेरै दर्शकले आसिरमान र आनाको यो फिल्मलाई ‘अवेटेड’ लेखेका छन् । शैलेन्द्र डी कार्कीले फिल्म खिचेका हुन् । ‘ग्याङस्टर ब्लुज’मा कालीप्रसाद बा“स्कोटाको संगीत छ ।