देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महाभियोगमा जुटेन सहमति, एमालेको नाराबाजीबीच संसदमा प्रबेश

देशान्तर

काठमाडौं । मुख्य तीन दलका बीचमा महाभियोग प्रस्तावमा सहमति जुट्न नसकेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीचमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दार्ता भएको महाअभियोगले व्यवस्थापिका संसदमा प्रवेश पाएको छ । संसदको शुक्रबारको बैठक सुरु भए लगतै एमाले सांसदहरु उठेर विरोध गरेका थिए । तर, सभामुख ओनसरी घर्ती मगरले शुन्य र विशेष समयको कार्यसूची हटाएर महाअभियोग प्रस्तावमाथि छलफलका लागि समय तोकिएको जानकारी दिइन् । यो लगतै एमाले संसादहरु रोष्टम घेराउ गर्न आए ।

संसद बैठक अघि सभामुखको आहृवानमा तीन दलका शीर्ष नेताहरुको बैठक बसेको थियो । तर, कार्कीको कार्यकाल सकिनु अघि नै महाअभियोगबारे संसदले निर्णय गर्नु पर्ने एमालेको मागबारे ठोस सहमति भएन । त्यही कारण एमालेले संसदमा नाराबाजी गरेको थियो । संसदको आजै १ बजे बस्ने बैठकमा महाअभियोगबारे छलफल हुनेछ ।

सत्तारुढ कांग्रेस र माओवादीका सांसदहरुले प्रधानन्यायाधीश कार्कीविरुद्ध आइतबार महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । प्रधानन्यायाधीश सुशिला कार्काीविरुद्ध पेश भएको महाअभियोग प्रस्तावका विषयमा सहमती गर्न बसेको प्रमुख तीन दलको बैठक निष्कर्ष विहिन बनेको थियो् । एमालेले महाअभियोग प्रस्ताव फिर्ता नलिएसम्म संसदको जारी अबरोध कायमै राख्ने अडान लिएपछि प्रमुख दलहरुको बैठक निष्कर्ष विहिन बनेको हो ।

संसदको अवरोध हटाउने उद्देश्यका साथ सभामुख ओनसरी घर्तीको आह्वानमा प्रमुख प्रतिपक्षी दल एमालेसहित नेपाली काँग्रेस र माओवादी केन्द्रका शीर्ष नेताको बैठक बसेको थियो । संसद भवन नयाँ बानेश्वरम बसेको बैठकको सुरुवातमा सभामुखले संसदको अबरोध खुलाउन तीनदलका शीर्ष नेतासंग आग्रह गरेका गरेकी थिइन् । सभामुखको आग्रहमा जोड दिदैं प्रधानमन्त्री पुष्पकमल दाहालले महाअभियोग प्रस्तावको विपक्षमा उभिए पनि संसद भने अवरुद्ध नगर्न आग्रह गरेका थिए । तर, एमाले अध्यक्ष ओलीले महाअभियोग प्रस्ताव फिर्ता नलिएसम्म संसद खोल्न नसकिने अडान राखेका थिए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली सहितका नेताहरू सहभागी भएका थिए । दलहरुबीच सहमती हुन नसकेपछि विहान ११ बजेका लागि बोलाइएको संसद बैठक दिउसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । सहमतीका लागि प्रयास जारी राख्न सभामुखले दलहरुसंग अपिल समेत गरेकी छिन् । एमाले लगायतका विपक्षी दलहरुको अवरोधकै कारण बिहीबार संसद बैठक स्थगित भई आज शुक्रबारको लागि सरेको थियो । यसअघि हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच महाअभियोग विषयमा भएको बैठक विना निष्कर्ष टुंगिएको थियो ।