देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस सभापति देउवाद्वारा १० जनालाई केन्द्रीय सदस्यमा मनोनित

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले १० जनालाई कांग्रेस केन्द्रीय सदस्यमा मनोनित गर्नु भएको छ ।

केन्द्रीय सदस्य मनोनित हुनेहरुमा धना खतिवडा,किरण यादव,राधा घले,उर्मिला थपलिया रहेका छन् । त्यसैगरी रुक्मिणी कोइराला,कल्याणी रिजाल,गोमा भट्टराई,गंगा शाही,लक्ष्मी खतिवडा र सीता देवकोटा केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा सभापति देउवाले कांग्रेस पार्टीको बिधान २०१७ को धारा २१ को उपधारा ९१०० बमोजिम उहाँहरुलाई केन्द्रीय कार्य समितिको सदस्यमा मनोनित गर्नुभएको उल्लेख गरिएको छ ।