काठमाडौं । नेपाली कांग्रेसले देशका विभिन्न नगरपालिका र गाउँपालिका गरी ७ स्थानीय तहमा महिलालाई प्रमुख पदमा उमेदवार बनाएको छ ।
जुम्लाको चन्दननाथ नगरपालिकामा कान्तिका सैजुवाल, सिन्धुलीको दुधौली नगरपालिकामा गंगा दाहाल र मकवानपुरको थाहा नगरपालिकामा पवित्रा महत विष्टलाई मेयरमा उमेदवार बनाएको काग्रेसले जनाएको छ ।
त्यसैगरी, चितवनको इच्छा कामना गाउँपालिकामा गीता गुरुङ, तनहुँको म्याग्दे गाउँपालिकामा माया राना, लमजुङको दूधपोखरी गाउँपालिकामा छुपिमाया गुरुङ र नवलपरासीको हुम्सेकोट गाउँपालिकामा लक्ष्मी पाण्डेलाई प्रमुखमा उमेद्वार बनाएको जनाएको छ ।
प्रतिक्रिया